नियम २८
सर्भेयरको लागि योग्यता
(१) नियम २६ बमोजिम सर्भेयरको इजाजतपत्रको लागि निवेदन दिन चाहने निवेदकको देहायका मध्ये कुनै एक योग्यता पुगेको हुनु पर्नेछः–
(क) कुनै बिमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तीमा दश वर्षसम्म बिमा व्यवसायसँग सम्बन्धित कार्यको अनुभव हासिल गरेको,
(ख) ईन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको,
(ग) अन्तर्राष्ट्रियस्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्यूट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बिमा सम्बन्धी विषयमा कम्तीमा स्नातक उपाधी हासिल गरेको, वा
(घ) चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको ।
(२) उपनियम (१) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिम योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले सञ्चालन गरेको सर्भेयर सम्बन्धी तालीममा सहभागी भई तालीम पूरा गरेको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्नेछ ।